अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४७ | Colorodo: 02:02

आइफा अवार्डलाई एक रुपैयाँ दिइएको छैन – सञ्चारमन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७६ असार १६ गते ९:५३ मा प्रकाशित

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अर्वाडका लागि सरकारले एक रुपैयाँ पनि नदिएको दाबी गर्नुभएको छ । चलचित्र विकास बोर्डको १९ औं वाषिर्कोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले सो कुरा बताउनुभएको हो ।

मन्त्री बाँस्कोटा बोल्नुअघि मन्तव्य राख्ने क्रममा चलचित्र विकास बोर्डका प्रथम अध्यक्ष यादव खरेलले सरकारको निर्णय राष्ट्रविरोधी भएको आरोप लगाउनुभएको थियो । मन्त्री बाँस्कोटाले भोलिका दिनमा हलिउडले पनि अवार्ड गर्छु भन्यो भने सरकारले गर भन्नुपर्ने अवस्था रहेको बताउनुभयो । मन्त्री सर कारले सन् २०२० मा भिजिट नेपाल ईयर मनाउन गईरहेको उल्लेख गर्दै उहाँले यसको पनि पर्यटन प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । यसका लागि सरकारले पनि मिडिया समिट गर्ने उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू