अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५२ | Colorodo: 07:07

असार २२ गते नेपाल बन्द

बिआरटीनेपाल २०७६ असार १५ गते ९:३४ मा प्रकाशित

वर्तमान सरकार फासिवादी बन्दै गएको भन्दै एक समूहले सरकारको विरोधमा आगामी २२ असारमा नेपाल बन्द घोषणा गरेको छ । यसअघि अस्तित्वमा नरहेको नेकपा माओवादी नामको समूहले नेपाल बन्द आह्वान गरको हो । सो पार्टीका मध्य कमाण्ड इन्चार्ज सगुनको नामबाट जारी विज्ञप्तिमा वर्तमान सरकारले नेपाली जनतामाथि युद्धको भारी बोकाउने चेष्टा गरिरहेको उल्लेख छ ।

सरकारका कारण मुलुकको राष्ट्रियता र स्वाधीनता नै धरापमा परेको आरोप विज्ञप्तिमा छ । विज्ञप्तिमा नेत्रविक्रम चन्द विप्लव समूहको समर्थन गर्नुका साथै उसमाथि लगाइएको प्रतिबन्धप्रति विरोध जनाइएको छ । राजनीतिक समस्याको समाधान राजनीतिक तवरबाट गर्नुपर्नेमा सरकारले बल प्रयोगको माध्यमबाट दबाउन खोज्नु मुर्खता हुने बताइएको छ ।

जनतामाथि गरिएको दमन तथा हत्या हिंसाको विरोधमा नेपाल बन्द गरिएकाले सहयोग गर्न सो पार्टीले आग्रह गरेको छ । बन्दकर्ताले बन्दको अघिल्लो दिन २१ गते साँझबाटै सार्वजनिक यातायातमा यात्रा नगर्न चेतावनी दिएको छ । बन्द अवज्ञा गर्नेमाथि साँझ भौतिक कारबाही हुने धम्की पनि विज्ञप्तिमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू