अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

पोखरामा रोपाई महोत्सव,  बिदेशी पर्यटकसंगै मनाईयो (फोटो फिचर)

बिआरटीनेपाल २०७६ असार १५ गते ९:१४ मा प्रकाशित


आज असार १५, धान दिवस, अर्थात् दही चिउरा खाने दिन । असारलाई मानो रोपेर मुरी फलाउने महिना पनि भनिन्छ । कृषि प्रदान देश भएकाले सरकारले हरेक बर्ष असार १५ लाई धान दिवसका रुपमा मनाउने गरेको छ । पछिल्लो समय १५ असारमा हिलोमै विभिन्न खेल र रोपाइँ गरेर असार १५ अर्थात धान दिवस मनाईन्छ ।

पर्यटकीय नगरी पोखरामा असार १५ को उपलक्ष्यमा रोपाई महोत्सव सम्पन्न भएको छ । आयोजित महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकले संगसँगै हिलो खेलेर महोत्सवको आनन्द लिएका छन् । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर पोखरा– १७ को महतगौँडामा रोपाईं महोत्सव आयोजना गरिएको थियो ।

महोत्सवमा दही चिउरा खाने, हल गोरु दौडाउने, हिलो छ्यापाछ्याप गर्दै रमाउने, हिलोमै माछा समाउने, हिलोमै डोरी तान्ने, असारे गीत तथा रोपाइँ प्रतियोगिता गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो । हिलोमा भएका सबैखाले प्रतियोगिताका बिजेताहरुलाई मेडलसहित नगद पुरस्कार प्रदान गरिएको छ ।

महोत्सवमा पोखरा महानगरका प्रमुख मानबहादुर जिसी लगायतले समेत सहभागिता जनाउनुभएको थियो । महोत्सवमा मेयर जिसी हली बनेर स्वयं रोपाईंमा सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू