अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:११ | Colorodo: 22:26

एसइईको ग्रेडिङ प्रणाली सन्तोषजनक भएन

बिआरटीनेपाल २०७६ असार १३ गते ९:५७ मा प्रकाशित

सरोकारवालाहरूले माध्यमिक शिक्षा परीक्षा (एसइई)को ग्रेडिङ प्रणाली त्यति सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनीहरूले यस्तो बताएका हुन्।

उच्च माध्यमिक विद्यालय संघ हिसानका महासचिव तथा जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले आफूहरूले अनुमान गरे झैँ एसइईको नतिजा आएको बताउनुभयो । उहाँले ग्रेडिङले पास र फेलको अवधारणालाई नै आत्मसात गरेको अनुभव सुनाउनुभयो । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विगतमा ग्रेडिङ नहुँदा विद्यार्थीले आत्महत्या गर्ने गरेको भएपनि अहिले ग्रेडिङले त्यस्तो अवस्था नरहेको भन्दै यसलाई सुखद पक्षको रुपमा लिनुभयो । भण्डारीले कक्षा दशमा लिइने टेष्ट परीक्षालाई खारेज गर्नुपर्ने आवश्यकत्ता औँल्याउनुभयो ।

कार्यक्रममा एन–प्यावसनका अध्यक्ष ऋतुराज सापकोटाले पनि केन्द्रगत परीक्षा प्रणाली नै गलत रहेको टिप्पणी गर्नुभयो । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेपालको मूल नीति राजनीति नै ध्वस्त र विकृत रहेकोले शिक्षाको अवस्था नाजुक रहेको टिप्पणी गर्नुभयो । शिक्षाप्रति नेपाली नागरिक बफादार नभएको उहाँको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू