अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:११ | Colorodo: 14:26

कथित ‘धर्तीमाता’ विष्णु कुँवर पक्राउ, अनुसन्धान जारी

बिआरटीनेपाल २०७६ असार १३ गते ९:४४ मा प्रकाशित

आफूलाई धर्तीमाता बताउने विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । गुल्मी घर भई हाल बुटवल बस्दै आएकी कुँवरलाई गत साता भद्रकाली मन्दिरमा एक किशोरीमाथि अभद्र व्यवहार र कुटपिट गरेको आरोपमा काठमाण्डौंको बालाजुबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

कुँवरले युवतीमाथि कुटपिट गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो। यसैवचि, कुँवरले युवतीमाथि कुटपिट गर्दा हेरेर बसेका दुई प्रहरीलाई विभागीय कारबाही हुने भएको छ । महानगरीय प्रहरी परिसर टेकुको हिसरातमा राखिएकी कुँवरले आफूलाई प्रहरीले घोर अन्याय गरेको भन्दै आक्रोश पोखेकी छन्। प्रहरीले उनीमाथि अनुसन्धान सुरु भएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू