अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२० | Colorodo: 22:35

संघीय प्रहरीले प्रदेश प्रहरीलाई निर्देशन दिन पाउनुपर्छ – महानिरीक्षक खनाल

बिआरटीनेपाल २०७६ असार १२ गते ९:५४ मा प्रकाशित

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले संघीय प्रहरीले प्रदेश प्रहरीलाई निर्देशन दिन पाउनुपर्ने बताउनुभएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा खनालले राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिन सक्ने कानुनी व्यवस्था गरिनुपर्ने जिकिर गर्नुभयो ।

खुल्ला सीमा भएका प्रदेशहरुमा हुन सक्ने राष्ट्रिय सुरक्षामाथिको खतरा ख्याल राखी प्रदेश प्रहरीलाई संघीय प्रहरीको निर्देशन अनुसार अघि बढने कानुनी व्यवस्था राख्नुपर्ने खनालको माग थियो । प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको छलफलमा उहाँले मुलुकको भू–संवेदनशीलतालाई ध्यानमा राखेर पनि कतिपय विषयमा प्रदेश प्रहरीले संघीय प्रहरीसँग सहकार्य गरेर अघि बढनुपर्ने उल्लेख गर्नुभयो ।

वीरगञ्ज, भैरहवा, विराटनगरजस्ता नाकाहरुबाट आउनेसक्ने राष्ट्रिय सुरक्षाको चुनौतीलाई सामना गर्न संघीय सरकारको सहकार्य र निर्देशन आवश्यक पर्नेमा ध्यान दिन महानिरीक्षक खनालले समितिको ध्यानाकर्षण गराउनुभयो । प्रदेश प्रहरीले सम्बन्धित प्रदेशको आन्तरिक सुरक्षाको जिम्मा भने एक्लै लिनसक्ने महानिरिषक खनालको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू