अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२४ | Colorodo: 21:39

‘सरकारी खर्चमा विदेशमा उपचार गर्न नपाइने’

बिआरटीनेपाल २०७६ असार १० गते ९:४७ मा प्रकाशित

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सबैको पहुँचमा पुर्याउने प्रयास भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले आगामी आर्थिक बर्षभित्र मुलुकका सबै जिल्लामा स्वास्थ्य बिमा विस्तार गरिने जानकारी दिनुभयो ।

मुलुकका विभिन्न पाँच अस्पतालको स्तरोन्नतिका लागि छुट्टै बजेटको व्यवस्था गरिएको मनत्री यादवले बताउनुभयो । स्वास्थ्य बिमा हाल ४३ जिल्लामा विस्तार भइसकेको उललेख गर्दै उहाँले आगामी वर्षमा सबै जिल्लामा विस्तार गर्ने सरकारको तयारी रहेको संसद्लाई अवगत गराउनुभयो ।

यसैवचि, नेपालमै अधिकांश रोगको उपचार सम्भव भएको भन्दै सरकारले विदेशमा उपचार गरेबापत कसैलाई पनि सरकारी कोषबाट खर्च नदिने भएको छ । मनत्री यादवले नेपालमै हुने उपचार विदेशमा गएर उपचार गरेमा सरकारले कुनैपनि उपचार खर्च उपलव्ध नगराउने बताउनुभयो । स्वास्थ्य नीतिमा उल्लेख भएअनुसार प्राकृतिक चिकित्साका लागि पनि बजेटमा व्यवस्था रहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू