अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२३
| Colorodo: 20:38
दाङमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । मंगलवार साँझ ६ः२५ बजे राप्ती गाउँपालिका वडा नम्बर–८ मौरीघाटमा चट्याङ लागेर ३ जना वालवालिकाको मृत्यु भएको हो ।
चट्याङ लागेर मृत्यु हुनेमा १३ वर्षीय साजन चौधरी, ११ वर्षीय रमित चौधरी र ११ वर्षीय विनाश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चट्याङ घाइते भएका ८ वर्षीय अविनाश चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार हुँदैछ ।
दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार चारैजना बालक जामुनाको रूखमा चढेका चढेका थिए । उनीहरू रूखमा चढेका बेला परेको चट्याङले मृत्यु भएको हो ।