अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३४ | Colorodo: 13:49

कफी पिउनुस्, आयु बढाउनुस्

बिआरटीनेपाल २०७६ असार ९ गते १०:२८ मा प्रकाशित

दिनमा तीन पटक कफी पिउनाले मानिसको आयु बढ्ने एक अध्ययनले देखाएको छ । यूरोपका बिभिन्न १० देशका करिब ५लाख मानिसमा गरिएको अनुसन्धानले दैनिक ३ कप सम्म कफी पिउने मानिसहरुको आयु अन्य मानिसहरुको तुलनामा बढ्ने देखाएको हो । यो अनुसन्धान ३५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा गरिएको थियो ।

एनाल्स अफ इन्टरनेल मेडिसिन नामको जर्नमा छापिएको शोधका अनुसार एक कप अतिरिक्त कफी पिउनाले कुनै पनि मानसिको आयु लामो हुन सक्छ । भलै यो कफी डिकफिनेटेड किन नहोस् । तर केही विशेषज्ञाले शोधको नतिजामा शंका व्यक्त गरेका छन् । यी विशेषज्ञका अनुसार कफिकै कारण मानिसको आयु बढेको दाबी गर्न नसकिने बताएका छन् । उनीहरुले कफीका कारण भन्दा कफी पिउने मानिसको जीवनशैलीका कारण आयु बढेको भन्दै प्रश्न गरेका छन् ।

इन्टरनेशनल एजेन्सि फर रिसर्च अन क्यान्सर एण्ड इम्पेरियल कलेज लण्डनका शोधकर्ताका अनुसार अधिक कफी पिउनेको सम्बन्ध मुटु र अन्य विरामीका कारण हुने मृत्युको जोखिम कम गर्नेसँग सम्बन्धित छ । क्याब्रिज विश्वविद्यालयका प्रोफेसर सर डेविड स्पीगलहालटरका अनुसार यदी कफीका कारण मृत्युको दरमा कमीका आकलन गरिन्छ भने एक अतिरित्त कप कफी हरेक दिन पिउनाले पुरुषको उमेर तीन महीना भन्दा धेरै र महिलाको आयु औसत एक महिना बढ्न जान्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू