अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 07:53

रेवान पोखराले नेपाली खानाको एक दिने महोत्सव गर्ने

बिआरटीनेपाल २०७६ असार ९ गते १०:१४ मा प्रकाशित

रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल, रेवान पोखराले नेपाली खानाको एकदिने महोत्सव गर्ने भएको छ । पोखरामा पहिलो पटक नेपाली फुड फेष्टिबल– २०७६ आयोजना गर्न लागिएको रेवान पोखराले आज पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । फेवाताल किनार बाराही घाट चौरमा असार १३ गते उक्त महोत्सव हुने आयोजकले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली खानाको प्रर्वद्धन, ब्रान्डिङ र बजारीकरण गर्ने हिसाबले नेपालमै पहिलो पटक यस्तो महोत्सवको आयोजना गर्न लागेको रेवान पोखराका महासचिव गणेश थापाले जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्डको सहयोगमा हुन लागेको महोत्सवमा थकाली, नेवारी, गुरुङ र थारु जातिका खाना तथा केराका परिकारहरुको छुट्टाछुट्टै स्वाद लिन सकिने छ । महोत्सवमा नेपाली मौलिक खानाका स्टल रहनेछन् । महोत्सवको साँझ ५ बजेदेखि ११ बजेसम्म निशुल्क अवलोकन गर्न सकिने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू