अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३१ | Colorodo: 15:46

सरकारले मजदूरको पक्षमा काम गर्नुपर्छ – नेकपा नेता नेपाल

बिआरटीनेपाल २०७६ असार ९ गते १०:१३ मा प्रकाशित

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले मजदूरको पक्षमा दृढतापूर्वक काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले सोमबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपालले सरकारले यातायात क्षेत्रको उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

दुई तिहाइ मतसहितको कम्युनिस्ट नेतृत्वको सरकारले मजदूरको पक्षमा दृढतापूर्वक काम गर्नुपर्ने आबश्यकता औंल्याउदै उहाँले सुरक्षित यात्राका लागि ट्राफिक नियमको पालना गराउने काममा पनि विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । सो अवसरमा नेता नेपालले यातायात मजदूरलाई यात्रुको सुरक्षामा सर्तकता अपनाउन सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू