अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने योजना छ – श्रममन्त्री बिष्ट

बिआरटीनेपाल २०७६ असार ९ गते १०:१२ मा प्रकाशित

नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारलाई सुरक्षित बनाउने ठोस योजना सरकारसँग रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले वैदेशिक रोजगारलाई सुरक्षित र पारदर्शी बनाउने बताउनुभयो ।

मन्त्री विष्टले प्रधानमनत्ती रोजगार कार्यक्रममा सांसदहरुले प्रश्न गरेपछि उक्त कार्यक्रम पनि पारदर्शी रुपमा अगाडि बढेको स्पष्ट पार्नुभएको छ । सरकारले बेरोजगारलाई रोजगार दिने भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न तीन अर्ब १० करोड रुपैयाँ रकम विनियोजन गरेको छ । कार्यक्रमले स्वदेशमा नै रोजगारको सुनिश्चितता प्रदान गर्ने मन्त्री विष्टको भनाई छ ।

सो अवसरमा मन्त्री विष्टले वैदेशिक रोजगारीका लागि मलेशिया, जापान कतार, कुवेत, टर्कीलगायतका मुलुकमा नयाँ श्रम सम्झौता भएको जानकारी दिनुभयो । उहाँका अनुसार जर्मनी र पोर्चुगलमा समेत कामदार पठाउन पहल भइरहेको छ ।

प्रतिक्रिया