अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

विकासका लागि तीन तहका सरकारवीच समन्वय हुनुपर्छ – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ असार ९ गते १०:११ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको विकासका ३ वटै तहका सरकारबीच समन्वय हुनुपर्ने बताउनुभएको छ । सम्वृद्ध मुलुकको लागि संघ, प्रदेश र स्थानीय तहको समन्वय हुनुपर्ने उहाको भनाई छ । ३ वटै सरकारले जनतालाई विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको प्रचण्डले बताउनुभएको छ ।

चितवनको माडी नगरपालिकाको तेस्रो नगरसभा उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले कानून निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनि विस्तारै समस्या समाधान हुने बताउनुभयो । गणतन्त्र ठूलो राजनीतिक परिवर्तन भएको भन्दै विकासमा पनि जनताले आमूल परिवर्तन महशुस गर्न पाउनुपर्ने प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू