अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

कोपा अमेरिका फुटवल– समूह विजेता बन्दै ब्राजिल क्वाटरफाइनलमा

बिआरटीनेपाल २०७६ असार ८ गते ९:४७ मा प्रकाशित

आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न समूह चरणको अन्तिम खेलमा पेरुलाई ५–० ले हराउँदै ब्राजिल क्वाटरफाइनलमा पुगेको हो ।

खेलमा ब्राजिललाई विजयी गराउन कासेमिरो, रोबर्टो फर्मिन्हो, एभर्टन, डानी आल्भेस र विलियनले एक–एक गोल गरे । जितसँगै ब्राजिल समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाईनलमा पुगेको हो । तीन खेलबाट उसले ७ अंक जोडेको छ । समान खेलबाट ५ अंक जोडेको भेनेजुएला पनि नक आउट चरणमा पुग्यो ।

गएराति भएकमो खेलमा भेनेजुएलाले बोलिभियालाई ३–१ ले पराजित गर्यो । ४ अंक जोडेको पेरुले भने अब क्वाटरफाईनल प्रवेशका लागि प्ले अफ् खेल्ने भएको छ ।

प्रतिक्रिया