अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३ | Colorodo: 09:08

पोखराको मणिपाल हस्पिटलमा डाक्टरको गाडीको ठक्करबाट ४ बर्षीय बालकको मृत्यु

बिआरटीनेपाल २०७६ असार ७ गते ९:१२ मा प्रकाशित

पोखराको मणिपाल हस्पिटलमा डाक्टरको गाडीको ठक्करबाट एक ४ बर्षीय बालकको मृत्यु भएको छ । शनिबार बिहान हस्पिटलको पार्किङस्थलमा डाक्टर विश्वदिप तिमिल्सिनाको गाडीले ठक्कर दिँदा पोखरा २८ माझठाना घर भई फुलबारी बस्दै आएका संस्कार कँडेलको मृत्यु भएको हो ।

हस्पिटलको मोटरसाइकल पार्किङबाट बच्चाका बाबुले स्कुटर झिक्ने क्रममा छेउमा रहेका बच्चाले बाटो क्रस गर्न खोज्दा डाक्टर तिमिल्सिनाको ग ३ च ४३६ नम्बरको गाडीले ठक्कर दिँएपछी बच्चाको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन् । बच्चाका बाबुआमा विरामी हजुरआमालाई हस्पिटलमा भेटेर फर्कने क्रममा हस्पिटल हाताभित्रै घटना घटेको हो ।

डा. तिमिल्सिनाले लापरबाही गर्दै एउटा हातमा मोबाइल खेलाउदै अर्को हातले गाडी चलाउदा बच्चालाई ठक्कर दिएपछि बच्चाको मृत्यु भएको आफन्तको आरोप छ । बालकको घटनास्थलमै मृत्यु भएपनि घटना फितलो पार्न बालकलाई ईमर्जेन्सी कक्षमा लगिएको प्रतक्ष्यदर्शी र आफन्तले आरोप लगाएका छन् ।

हस्पिटलको हाताभित्रै डाक्टरको लापरबाहीका कारण बच्चाको मृत्यु हुँदा समेत प्रहरी प्रशासनले डाक्टरलाई जोगाउन र आफूहरुमाथि धरपकड गर्न खोजेको भन्दै आफन्तले आक्रोश ब्यक्त गरेका छन् । डाक्टर तिमिल्सिना र ठक्कर दिने गाडीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू