अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:११ | Colorodo: 05:26

अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नु पर्छ – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ असार ६ गते ९:२४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताउनुभयो । “योगको अभ्यास भाषा र लिपी सुरु हुनु भन्दा धेरै अघिबाट सुरु भएको हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो – “मानिस स्वास्थ्य रहनका लागि योगको निरन्तरता जरुरी छ ।”

प्रधानमन्त्री ओलीले नेपालमा योगको अभ्यास परम्परागतकाल देखि हुंदै आएका प्रमाणहरु धेरै भेटिएको बताउनुभयो । “हामीले पाँच / छ हजार बर्ष पहिलेका मूर्तीहरु हेर्याैं भने पनि योगका विभिन्न आशनमा देखिन्छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको कोशी किनारमा बेदका ऋचाहरुको रचना भएको उल्लेख गर्नुभएको छ । “यस्तो ज्ञान भूमीमा बस्ने हामीहरु केही समय पछि पछि परेका हौं, तर अब त्यो अवस्था रहदैन ” प्रधानमन्त्री ओलीेले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले लोभ मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले देशलाई आवेश उत्तेजनातिर लैजान खोजिएको बताउनुभएको छ । तर त्यस किसिमका प्रयासलाई निस्तेज गरेर सरकार देशलाई समृद्धिको यात्रामा अघि बढाउन प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू