अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 23:26

हलिउड अभिनेत्री मर्लिन मुनरोको मूर्ति चोरी

बिआरटीनेपाल २०७६ असार ५ गते ४:२६ मा प्रकाशित

हलिउड अभिनेत्री मर्लिन म्नरोको मूर्ति चोरी भएको छ । वाक अफ फेमको द्वारमा राखिएको हलिउड अभिनेत्री मर्लिन मुनरोको मूर्ति चोरी भएको फर्स्टपोस्ट डटकमले जनाएको हो । सन् १९९४ मा फिल्ममा पुर्याएको योगदानको कदर गर्दै मुनरोसहित अरु तीनवटा कलाकारको मूर्ति बनाइएको थियो, जसलाई फोर लेडिज अफ हलिउड गजिबो भनेर चिनिन्छ ।

सन् १९५५ को फिल्म ‘द सेभेन इयर इट्च’ मा मर्लिनको पोजलाई उक्त चोरी भएको मूर्तिले चित्रण गर्थ्यो । मर्लिन मुनरोको खास नाम नोर्मा जिन थियो । उनको मृत्यु सन् १९६२ मा भएको थियो ।

प्रतिक्रिया