अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:११ | Colorodo: 00:26

पर्यटन प्रवद्र्धन गर्न पोखराका महिला पर्यटन ब्यवसायी को टोली चीन प्रस्थान

बिआरटीनेपाल २०७६ असार ३ गते ९:४१ मा प्रकाशित

पोखरामा क्रियाशिल महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)को टोली पोखराको पर्यटन प्रवद्र्धन गर्न चीन भ्रमणमा निस्केको छ । भ्रमण टोलीलाई आज पोखरामा आयोजित एक कार्यक्रमका बीच विदाई गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले भ्रमण फलदायी हुने विश्वास ब्यक्त गर्नुभयोे । देशका महिला पर्यटन ब्यबसायीको नेतृत्वको पोखराले गर्न सक्ने उहाको भनाई थियो । गण्डकी प्रदेश भ्रमण वर्षका संयोजक एवं रेडियो गण्डकी पोखरा अध्यक्ष अग्नि कंडेलले भ्रमण मात्रै नभएर सिकाई पनि भएकोले त्यहाँका सकारात्मक कुरालाई पोखराको पर्यटन क्षेत्रमा जोडनु पर्ने बताउनु भयो ।

भ्रमणमा निस्केको १९ सदस्यीय टोलीले १० दिन सम्म चीनका प्रमुख शहरहरु बेइजिङ, साङ्घाई, गन्जाओ लगायतका क्षेत्रको भ्रमण गर्ने बताइएको छ ।

प्रतिक्रिया