अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४० | Colorodo: 17:55

दुई चर्चित साङ्गीतिक हस्तीहरू भीटेन र मेलिना राई धरानमा

बिआरटीनेपाल २०७६ जेठ ३१ गते ४:४६ मा प्रकाशित

धरान, निक्कै लामो समय पछि शनिवार धरानमा आयोजना भएको कन्सर्टमा धराने दर्शकहरूलाई अहिलेका दुई चर्चित साङ्गीतिक हस्तीहरू भीटेन र मेलिना राईले भरपुर मनोरञ्जन दिए । 

करिब ८ हजार भन्दा बढी दर्शकहरूले भरिएको धरानको पब्लिक स्कुलको मैदानमा आयोजित सात्विक मनोरञ्जन धमाकाको सुरुवात स्थानीय गरिमा डान्स सेन्टरको नृत्य बाट सुरुवात भएको थियो भने स्थानीय डेनी थुलुङ लिम्बु र सुनयना श्रेष्ठको साङ्गीतिक प्रस्तुति पछि करिब आठ बजे स्टेजमा आएकी अहिलेको निक्कै नै चर्चित गायिका मेलिना राईले तिमीले बाटो फेर्‍यो अरे, असारे महिना, चरी जस्तै, मछिले खाने खोलिएको लेउ, कम्मर माथि पटुकी, कसरी, गोजीमा दाम, दाह्री फुल्यो बैँसमा र कुटुमा लगायतका आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेकी थिइन । मेलिनाका सबै गीतहरूमा दर्शकहरूले सँगसँगै गाएर – नाचेर साथ दिएका थिए ।

त्यस्तै सात्विक मनोरञ्जन धमाकाको मुख्य प्रस्तुति रहेको भीटेनको नामले अहिले निक्कै लोकप्रिय रहेका र्यापर समीर घिसिङको स्टेजमा आगमनले बेग्लै माहौल बनेको थियो । 

कोही साथी प्रहरी बने कोही साथी गुन्डा मचै आफ्नै धुनमा, यता पनि चुरोट, उता पानी चुरोट, र्‍यापको बाटो, हालखबर, म मान्छे खत्तम, लाहुरेको रेलिमाई, सिमसिमे पानी- जिस्कने बानी – सहिहो सहिहो लगायतको आफ्नो गीतहरू प्रस्तुत गरेका थिए । तेस्रो पल्ट धरान आएका भीटेनले आफ्नो अत्यधिक क्रेज देखेर भने: मलाई धरानमा बोलाएपछि आइहाल्नु मन लाग्छ तपाईँहरूको यही माया सम्झेर । बिसे शत भीटेनको कलिला फ्यानहरू आफ्ना आमा-बाबा सँगै कन्सर्टमा आएको देख्न सकिन्थ्यो । भीटेनको प्रत्येक गीतको शब्दहरू भीटेन सँगै केटा-केटी तथा युवा -युवती दर्शकहरूले गाएर साथ दिएका थिए ।

धरानको सात्विक फुड्स प्रालिको मुख्य प्रायोजनमा सिल्भर इन्टरटेनमेन्टले आयोजना गरेको सात्विक मनोरञ्जन धमाकाको बिचमा सात्विक फुड्सको प्रबन्ध निर्देशक सुनिल अग्रवाल, नेशनल सेल्स म्यानेजर विनोद श्रेष्ठ लगायतका कम्पनीका अन्य बोर्ड निर्देशकहरूले सात्विक फुड्सको सात्विक हेल्दी तथा सात्विक लाभ्लिन कुकिजको हजारौँ दर्शकहरू बिच सार्वजनिक गरेका थिए । 

३५ भन्दा बढी गाउँ सहरहरूमा पुगिसकेको धरानको सात्विक फुड्सका कुकिजहरु चाडै देशभर उपलब्ध गराउने र त्यसको प्रवद्धनको लागि यस्तै मनोरञ्जन धमाका गर्दै जाने नेसनल सेल्स म्यानेजर विनोद श्रेष्ठले बताउनु भयो । 

प्रतिक्रिया