अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

रोल्पामा कुटेर ५ विद्यार्थीको हात भाँच्ने शिक्षिका प्रहरी नियन्त्रणमा

बिआरटीनेपाल २०७६ जेठ २० गते ९:५१ मा प्रकाशित

रोल्पामा विद्यार्थीलाई ‘अनुशासन सिकाउने’ निहुँमा पाँच जना छात्राको हात भाँचिदिएकी रोल्पाको रुम्टीगढी गाउँपालिका ८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार विद्यालय छुट्टी भएपछि शिक्षिका पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ। विद्यालयमा ढिला आएको भन्दै अनुशासन कायम राख्न आफूले विद्यार्थीलाई कारबाही गरेको शिक्षिका पुनको भनाइ छ। उनले पिटेका १४जना विद्यार्थीहरु मध्ये ५ जनाको हात भाँचिएको छ ।

शिक्षिकाको कुटाइले बिद्यार्थीहरु विमला रोका, भिमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती र शान्ता नेपालीको हात भाँचिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू