अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१७ | Colorodo: 21:32

विश्व धूमपानरहित दिवस मनाइयो

बिआरटीनेपाल २०७६ जेठ १७ गते ९:३६ मा प्रकाशित

आज विश्व धुम्रपानरहित दिवस मनाईएको छ । धूमपान नगर्न आह्वान गर्दै नेपालमा पनि बिभिनन कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । दिवसको अवसरमा शुक्रबार बिहान काठमाडौँमा विभिन्न स्वास्थ्य संस्थाहरुको अगुवाईमा प्रभात फेरी कार्यक्रम सम्पन्न भयो ।

काठमाडौँको भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी सहिदगेट, वीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा पुगेर समापन भएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल अर्बुद रोग निवारण संघका अध्यक्ष दिवाकर राज राजकर्णिकारले धुम्रपान नियन्त्रणका लागि हरेकलाई पहल गर्न आह्वान गर्नुभयो । उहाँले क्यान्सरजस्ता प्राणघातक रोग लाग्ने धुम्रपान नियन्त्रणका लागि घरघरबाटै पहल गर्नुपर्ने पनि बताउनुभयो ।

प्रभातफेरीमा स्वास्थ्यकर्मी, कलेज तथा विद्यालय तहका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । उनीहरुले ‘धूमपानको खेती, जीवनको क्षति’, ‘धूमपानले लिन्छ ज्यान’ लगायतका जनचेतनामूलक सन्देश लेखिएको प्लेकार्ड बोकेका थिए ।

यसैवीच, पछिल्लो समय चिकित्सकहरुले धुम्रपान नियन्त्रणका लागि यसको उत्पादन नै बन्द गराउन पहल गर्न आह्वान गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू