अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४३ | Colorodo: 18:58

पसिना विषयक अन्तरकृया तथा सत्कर्ममार्गी सम्मान कार्यक्रम २०७६’ सम्पन्न

बिआरटीनेपाल २०७६ वैशाख २५ गते २३:१९ मा प्रकाशित

वैशाख २७ गते शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पसिना’ले बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरेको छ । अरू चलचित्रहरूले प्रदर्शनको पूर्व सन्ध्यामा रेड कार्पेट प्रिमियर गर्छन् तर ‘पसिना’ युनिटले भने ‘पसिना विषयक अन्तरक्रिया तथा सत्कर्म मार्गी सम्मान कार्यक्रम २०७६’ को आयोजना गरेको हो । उक्त कार्यक्रममा चलचित्रको बारेमा अन्तरक्रिया तथा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । पूर्व मन्त्री तथा समाजसेवी भद्र कुमारी घलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्रका कलाकार तथा अन्य समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। 

कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता किसिमका चलचित्रले समाजमा सकारात्मक सन्देश दिने भएकाले यस्ता चलचित्रहरू निर्माण हुनु पर्ने बताए । चलचित्रका प्रमुख कलाकार सरोज खनालले कार्यक्रममा बोल्दै यस्ता चलचित्रहरू निर्माण हुनु अत्यन्तै आवश्यक रहेको बताए । समाजमा नकारात्मक कुराहरूले बढी स्थान पाई रहेको छ, यस्ता सकारात्मक विषयले पनि स्थान पाउनु आवश्यक रहेको उनले बताए । निर्माता शान्ता ढकालले आफू पनि समाज सेवा र सामाजिक कार्यमा सक्रिय रहेको कारण सामाजिक विषय बस्तुको चलचित्रमा लगानी गरेको बताइन आफू समाजसेवी भएकोले कार्यक्रममा समाजसेवी भद्र कुमारी घलेलाई प्रमुख अतिथि बनाएको समेत उनले खुलाइन् । अर्का निर्माता इन्जिनियर सञ्जय महतोले आफू पनि मजदुर नै भएकोले मजदुरको कथा बोलेको चलचित्र ‘पसिना’ मा लगानी गरेको बताए। निर्देशक आर.बि.शरदले कार्यक्रममा बोल्दै चलचित्र निर्माणमा सहयोगी भूमिका निभाउने व्यक्तित्वहरूलाई धन्यवाद ज्ञापन गरे । चलचित्रले ‘गरौँ सत्कर्म बगाऊ पसिना’ भन्ने मूल नारा बोकेको छ,चलचित्रले काम कुनै पनि सानो ठुलो हुँदैन, मजदुर बिना मालिक बन्न सकिन्न भन्ने कुरा उठाइएको निर्देशकले बताए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भद्र कुमारी घलेले अहिले नेपाललाई सत्चरित्रवान व्यक्तिको खाँचो रहेको बताइन अहिले नेपाललाई इमानदारी व्यक्ति र सत्कर्म गर्ने व्यक्तिको आवश्यकता छ,आज नेपाललाई पसिना बगाउने व्यक्तिको आवश्यकता रहेको उनले प्रस्ट पारिन्

सम्मानित हुनेमा चलचित्रका प्रमुख कलाकारहरू सरोज खनाल, रवि गिरि, गौरव पहाडी, सुरजनी केसी, छायाकार राम कुमार केसी, नृत्य निर्देशक शिव बिक, शारदा प्रसाद धिताल, राम काजी बस्न्यात, समिता केसी, अनिता केसी, सचिन रौनियार, सङ्गीता शाह, सहिम शाह, गीता देवी मैनाली, सङ्गीता धमला, मिना शर्मा, दीपक डोटेल, सोनी अधिकारी, दीपशिखा शर्मा, सावित्री भुजेल, मोहन देव बिस्ट, सीमा राई, राजेन्द्र कपाली, मान बहादुर तामाङ लगायत रहेका छन् । 

चलचित्रलाई आर बि खत्री ‘शरद’ ले निर्देशन गरेका हुन् चलचित्रको कथा पनि निर्देशकले नै लेखेका हुन् । पछिल्लो समय निर्माण भएका चलचित्रमा मजदुरका कथा प्राय देख्न पाइन्न । ‘गरौँ सत्कर्म, बगाऊ पसिना’ भन्ने नारा बोकेको चलचित्रले पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश दिने छ । शान्ता ढकाल निर्माता रहेको चलचित्रमा सञ्जय महतो कार्यकारी निर्माता रहेका छन् । 

गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको गीतमा फिल्ममा राम केसीको छायाङ्कन, राजनराज सिवाकोटी, दीपक शर्मा र धिरज राईको सङ्गीत, नवीन निरौलाको सम्पादन, शिव विक र राजीव समरको नृत्य र देव महर्जनको द्वन्द्व रहेको छ । 

प्रतिक्रिया