रसुवा, सवारी साधन गुडाउन असहज भएपछि नेपाली काङ्ग्रेस दलले स्याफ्रु मैलुङ खण्डको अन्तर्राष्ट्रिय राजमार्गमा सुधारका कार्य अगाडि वढाएकाे छ।
नेपाली काङ्ग्रेस रसुवाले दिएको जानकारी अनुसार स्याफ्रुबेशी नजिक छाेकल देखि मैलुङ सम्मको १७ किमी दुरीको भूभागमा गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुवेशी सडक सुधार अायाेजनाले गरेको सुधारका काम यथेष्ट नभएका कारण आफ्ना दलेका निर्णय वाट अन्तर्राष्ट्रिय राजमार्ग सहज तरिकाले सञ्चालन गर्न सामाजिक अभियान्ता एवं रसुवा वाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने संसद् मोहन आचार्यले निःशुल्क दिनु भएको निजी स्काभेटर सहयोग र जिल्ला पार्टी सभापति पेम्वाछिरिङ तामाङ तथा पार्टी सचिव सुनावाङदी तामाङको अगुवाइमा राजमार्गको सुधार कार्य अगाडि वढाइएकाे हो।
गत ४ दिन देखि सुरु भएको राजमार्ग सुधारको कार्य अन्तरगत भार्खु पुछारको तातोपानी भिरमा पहिरोले पुरेको उकालो सतहलाई हाेचाे वनाउनुकाे साथै बढी मात्रामा सवारी चालकले असहज मानेको धुन्चे तलको त्रिशूली नदी देखि छाेकल सम्मको करिब ५ किलो मिटर भूभागका राजमार्गको अधिकांश ठाउँमा सतह मिलाउनु को साथै ग्राविल समेत राख्ने काम गरिएको र अन्य ठाउँको सुधारका लागि अझै केही दिन लाग्ने पार्टी सभापति पेम्वा छिरिङ तामाङले जानकारी दिनु भयो ।
यस्तै धुन्चे तल त्रिशूली नदीमा पक्की पुल निर्माण नहुँदा नदीबाट सवारी साधन तार्नु पर्ने समस्या हल गर्न आफ्ना दलले हिमपाइपकाे व्यवस्था मिलाउन लागेको समेत सभापति तामाङले बताउनु भयो । उहाँका अनुसार कार्यारम्भमा मैलुङ देखि नै गएको वर्षा याममा ठाउँ ठाउँको पहिरोले थुपारेका अवरोध भने पहिलो चरणमा हटाई सकिएको छ।
आफ्नो दलले गरेका कार्य प्रगति पारदर्शी गर्न रसुवामा क्रियाशील पत्रकारहरूलाई स्थलगत रूपमा अवलोकन गराई सकिएको ने का जिल्ला पार्टी सचिव सुनावाङदी तामाङले बताउनु भयो । नेपाल चीन विचकाे व्यापार व्यवसाय अभिवृद्वि गर्ने एक मात्र अन्तर्राष्ट्रिय राजमार्ग सुधारका लागि संसद् मोहन आचार्यको स्काभेटर र मेसिन सञ्चालनका लागि आमाछाेदिङ्माे गाउँ पालिकाले उपलब्ध गराएको डिजेल सहयोगले सामाजिक हित भएको स्थानीय बासिले बताएका छन्।
यसै गरी वेत्रावति धुन्चे स्याफ्रु राजमार्ग अन्तरगत गत भदौमा धुन्चे नजिक त्रिशूली नदी छेउको पहिरो व्यवस्थापन गर्न समेत संसद् मोहन आचार्यद्वारा निःशुल्क रूपमा प्रदान गर्नु भएको स्काभेटर सहयोगले राजमार्ग सुचारु गराइएको वताउदै पूर्व प्रशासक कृष्ण पौडेलले ग्रामीण सडक निर्माणमा समेत आचार्यको स्काभेटर सहयोग महत्त्वपूर्ण रहेको जानकारी दिनु भएको छ ।
धैवुङ धुम्ती नजिक धाेविखाेला जिवजिवे, प्राङ्से, ज्याङलाङ, लाेकिल, कैदलटार जस्ता थुप्रै स्थानको सडक सुचारु गर्ने कार्यको साथै ठाउँ ठाउँमा खेलमैदान निर्माण, आफ्नो कला संस्कृति जीवन्त राख्न समय समयमा जिल्लाका विभिन्न स्थानमा हुने संस्कृति कार्यक्रममा समेत समय साक्षप संसद् आचार्यले उल्लेखनीय सहयोग गर्नु भएको स्थानीय बासिँदाले जानकारी दिएका छन् ।