अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५४ | Colorodo: 09:09

फेवा नववर्ष महोत्सव जारी– पर्यटक दौडमा अमेरिकाका ब्रायन प्रथम

बिआरटीनेपाल २०७५ चैत ३० गते ९:१८ मा प्रकाशित

पोखरामा नेपाली नयाँ वर्षको अवसमा आयोजित सोह्रांै फेवा नव बर्ष महोत्सव जारी रहेको छ । महोत्सव अन्तर्गत शनिवार पोखराको लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा अमेरिकाका ब्रायन किन प्रथम भएका छन् । प्रतियोगितामा यसैगरी बेलायतका एलेक्स हक्कन द्वितीय भए भने क्यानडाका माइकर बेकरले तृतीय स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा महिलातर्फको छुट्टै मुल्यांकनमा बेलायतकी हाना कारस प्रथम, फ्रान्सकी भिओलेट लेफर दोश्रो र अमेरिकाकी सारा कोइनी तृतीय बन्न सफल भए । प्रतियोगितामा विभिन्न देशका कूल ६६ पर्यटकले सहभागिता जनाएको आयोजकले जनाएको छ । पोखराको हल्लनचोक स्थित पिस प्लाजा होटल देखि रत्न मन्दिरको दक्षिणी गेटसम्म सहभागीहरु दौडिएका थिए ।

प्रतियोगितामा प्रथम हुनेले बुद्ध वा यति एयरको पोखरा–काठमाडौं उडान टिकट, मायाको चिनो, विजी वी क्याफेमा ककटेल डिनर र सिइङ हेण्ड्समा मसाजको सुविधा पाएका छन् । यसैगरी द्वितीय हुनेलाई अन्नपूर्ण वा पोखरा प्याराग्लाइडिङ कम्पनीबाट ३० मिनटको टेण्डम उडान सुविधा, मायाको चिनो, विजी बी क्याफेमा ककटेल डिनरको सुविधा र सिइङ हेण्ड्समा मसाजको सुविधा प्रदान गरिएको छ । तृतीयका लागि भने पोखरा–काठमाडौं रुटमा ग्रिनलाइन टुर्सको टिकट, मायाको चिनो, सोही क्याफेमा ककटेल डिनर र उल्लेखित पार्लरमा मसाजको सुविधा व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू