अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७ | Colorodo: 10:02

हेमजा आलु महोत्सव जारी– ३७ हजार दर्शकद्धारा अवलोकन, १५ लाख ६० हजार मूल्य बरावरको आलु बिक्री

बिआरटीनेपाल २०७५ चैत २९ गते १०:०७ मा प्रकाशित

विष्णुपादुका क्लव पोखरा हेमजाद्धारा आयोजित आलु महोत्सवको हालसम्म कुल ३७ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवको शुक्रवार एकै दिन कुल ७ हजार दर्शकले महोत्सव अवलोकन गरेको स्वयम् सेवक परिचालन उपसमितिका संयोजक राजेन्द्र थापा (गौरव)ले जानकारी दिनुभएको छ । महोत्सवमा हालसम्म कुल १५ लाख ६० हजार बराबरको आलुको कारोवार भएको छ ।

महोत्सवमा शुक्रवार लोकदोहोरीतर्फ पशुपति शर्मा, जगत गौडेल, सीता परियार, रमेश विजी, कुमार पुन, वसन्ती थापा, केशव घिमिरे र शिवहरी ढुङगाना, हास्यतर्फ यमन श्रेष्ठ (मन मास्टर)ले दर्शकलाई मनोञ्जन प्रदान गर्नुभएको थियो । महोत्सवमा रत्यौली गीत प्रतियोगिता र राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता पनि संचालन गरिएको छ । महोत्सव अन्र्तगत शनिवार लोकदोहोरीतर्फ नविन पौडेल, रमेश विजी, घनस्याम रिजाल, कृष्ण भण्डारी, ज्योति लोहोनी, विनोद रामदाम, रेनु गुरुङ, हास्यतर्फ सुरज भिरखैरे तथा कन्सर्टतर्फ आगमन ब्याण्ड र बबी सुनारका प्रस्तुतिहरु रहने सांस्कृतिक उपसमितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू