अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२३ | Colorodo: 06:38

सीके राउतलाई साधरण तारेखमा रिहा गर्न आदेश

बिआरटीनेपाल २०७५ फागुन २३ गते ९:०४ मा प्रकाशित

तराई मधेसका जिल्लामा विवादस्पद क्रियाकलाप गर्दै आएका भनिएका सीके राउतलाई सर्वोच्च अदालतले साधरण तारेखमा रिहा गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राउतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

राउतलाई यसअघि राज्यविरुद्ध सङ्गठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । डा.राउतका दाजु जयकान्त राउतका अनुसार सर्वोच्चको आदेशले अब राउतले साधारण तारेखमै मुद्दा खेप्ने सुविधा पाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू