अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४३ | Colorodo: 07:58

सञ्जीवको गीतमा श्रेया र अनुरागको रोमान्स (भिडियो)

बिआरटीनेपाल २०७५ फागुन १८ गते २१:१३ मा प्रकाशित

करिब २ वर्ष पछि गायक सञ्जीव खरेलले आफ्नो नयाँ गीत ” बादल ” लिएर स्राेता दर्शक माझ आएका छन्। यसअघि उनले ” मेरो मायामा ” बोलको गीत सार्वजनिक गरिसकेका छन्। बादल बोलको नयाँ गीतमा उनको आफ्नै एकल स्वर, शब्द र सङ्गीत रहेको छ । गीतको एरेन्जमेन्ट गोपाल रसाइलीले गरेका हुन ।

रमाइलो ठाउँमा सुट गरिएको गीतको भिडियोलाई बुद्ध लामाले खिचेको हुन भने सुप्रीम पराजुलीले भिडियो सम्पादन गरेका हुन। श्रेया कार्की र अनुराग ठकुरीको अभिनय रहेको यस गीतको भिडियोलाई अर्जुन तिवारी तथा अन्नपूर्ण फिल्म्सको टिमको निर्देशनमा तयार भएको हो। भिडियो सञ्जीव खरेलको अफिसिएल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

 

प्रतिक्रिया