अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५१ | Colorodo: 16:06

मन्त्री रवीन्द्र अधिकारीको अन्तिम सम्बोधन (भिडियो सहित)

अमृत बास्तोला २०७५ फागुन १५ गते २२:१० मा प्रकाशित

तेह्रथुम । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटनामा निधन भएको छ । तेह्रथुमको आठ राई चुहानडाँडामा रहेको थुम्की डाँडामा एयरपोर्ट निर्माणका लागि स्थलगत निरीक्षण, सम्भाव्यता अध्ययन र स्थानीय सँगको छलफलका लागि मन्त्री अधिकारी आउनु भएको थियो । चुहानडाँडामा बुधवार बिहान ९:५३ मा मन्त्री अाईपुग्नु भएको थियो । चुहानडाँडामा स्थानीयले मन्त्री हेलिकप्टरबाट निस्ने बित्तिकै फुलमालाले स्वागत गरेका थिए । हँसिलो मुहारमा पहिलो पटक चुहानडाँडामा मन्त्री आउँदा आठ राई बासिको २०३२ सालदेखिको सपना पुरा हुने स्थानीयवासीको आसा लिएका थिए । कार्यक्रमको स्टेजमा प्रवेश गर्दै मन्त्री अधिकारीले मौसम अनुकूल नभएकाले कार्यक्रम छिटो गर्ने आयोजकलाई निर्देशन दिनुभएको थियो ।

मन्त्रीले १०:३७ बजेदेखि करिब साढे १० मिनेट सम्बोधन गर्नु भएको थियो । सम्बोधनमा मन्त्रीले चुहानडाँडामा एयरपोर्टको सन्दर्भ चलाउन होइन, एयरपोर्ट बनाउन आएको बताउँदै अबको ३ वर्ष भित्रमा एयरपोर्ट बन्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । हातमा एयरपोर्टको इस्ट मेट र नक्सा देखाउँदै मन्त्रीले ८७ करोड लागतमा एयरपोर्ट बन्ने उल्लेख गर्नु भएको थियो ।

चुहानडाँडाको कार्यक्रम बाट करिब १२:१५ मा मन्त्री फर्कनु भएको मन्त्री, आठ राई ईवा स्थित प्रधानमन्त्री केपी ओलीको जन्म घर हेर्दै काठमाडौँ फर्कने कार्यक्रम रहेको थियो । चुहानडाँडामा मन्त्रीले छोटो समय पाथीभरा देवी प्रसङ्ग निकालेका थिए । पाथीभरा पहिले नै गाडिबाट पुगेको मन्त्री अधिकारीले बताउनुभएको थियो । ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित ७ जना सवार रहेको पुष्टि भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सवार हेलिकाेप्टर आज ताप्लेजुङको पाथीभरा नजिकै दुर्घटनामा परेको विमानस्थल कार्यालयको एयर कन्ट्राेलरले जनाएको हो।

हेलिकोप्टरमा मन्त्री अधिकारीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार थिए। उक्त हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू