अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०८ | Colorodo: 16:23

नेपाली ट्रेकिङ गाइडले विश्वव्यापी मान्यता पाउँदै

बिआरटीनेपाल २०७५ फागुन १३ गते ८:३२ मा प्रकाशित

२२ हजार नेपाली ट्रेकिङ गाइडले अब विश्वभरि इन्टरनेसनल माउन्टेन लिडरको मान्यता पाउने भएका छन् । देशमा मात्र सीमित ट्रेकिङ गाइडलाई नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले युनियन अफ इन्टरनेसनल माउन्टेन लिडर एसोसिएसन (यूआईएमएलए) को पाठ्यक्रम अनुसार तालिम दिएर विश्वव्यापी मान्यता पाउने माउन्टेन लिडर बनाउने तयारी गरेको छ ।

विश्वभरिका ट्रेकिङ गाइडको संगठन यूआईएमएलएको पाठ्यक्रमअनुसार तालिम लिएर सदस्य बनेपछि नेपाली ट्रेकिङ गाइडले पनि विश्वभरि मान्यता पाउने व्यवस्था छ । यूआईएमएलएमा २४ देश सदस्य छन् । यूआईएमएलएले स्वीकृत गरेको पाठ्यक्रमअनुसार यस वर्ष ७ सय ५० गाइडलाई तालिम दिएको र आगामी वर्ष विश्वव्यापी मान्यता पाउने गरी तालिम गर्ने तयारी थालेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका प्रशासकीय अधिकृत उत्तम भट्टराईले जानकारी दिनुभयो ।

पर्यटन ऐन २०३५ ले पथ प्रदर्शक उल्लेख गरे पनि पर्यटन विभागले टुर, सिटी, ट्रेकिङ र पोर्टर गाइडमा वर्गीकरण गरी इजाजत दिँदै आएको छ । विभागका अनुसार २२ हजार गाइड छन्। ट्रेकिङ गाइडलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले तालिम दिएपछि पर्यटन विभागले इजाजत दिन्छ भने सरकारले पनि ५ वर्षको इजाजत दिन्छ । नवीकरण गर्न गाइडलाई पुनर्ताजगी तालिम दिएर भए पनि दक्ष जनशक्ति उत्पादन गर्ने पर्वतीय प्रशिक्षण प्रतिष्ठानको तयारी छ । गाइडलाई यूआईएमएलएले पदयात्रा व्यवस्थापक मान्ने गरेको छ ।

तालिम र इजाजत प्राप्त दक्ष गाइड बढ्दा पदयात्रीको सुरक्षा बढेको, व्यक्तिगत दुर्घटना बिमाको अनिवार्य व्यवस्था भएको र म ऐनअनुसार पारि श्रमिक पाउन थालेको नेपाल ट्रेकिङ गाइड एसोसिएसनका अध्यक्ष कर्ण घलेले बताउनुभयो । औपचारिकताका लागि सामान्य जानकारी मात्र दिने तालिम नेपाली गाइडलाई दिँदै आएकाले यूआईएमएलएले आफ्नो मापदण्डअनुसार नभएको जनाएको छ । हिउँको अवस्था जानकारी, पदयात्रा व्यवस्थापन जस्ता पक्ष यसअघिका तालिममा थिएनन् । फिल्डमा गरिने प्रयोगात्मक तालिम नहुने र परीक्षामा सहभागी सबैलाई उत्तीर्ण गराउनाले तालिम गुणस्तरीय नभएर संख्यात्मक मात्र भएको गाइडहरू नै आरोप लागेको छ ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले सहभागिताका आधारमा असफल र प्रयोगात्मक कक्षालाई प्राथमिकता दिन थालेको छ । ५८ नेपाली गाइडले विश्वभरिका हिमालमा काम गर्ने अन्तर्रा्ष्ट्रिय गाइडको इजाजत पाएका छन्। यसैका आधारमा सरकारले अन्तर्राष्ट्रिय माउन्टेन गाइडलाई मान्यता दिएर छैटौं तहको प्रमाणपत्र दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू