अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

त्रिविका डिनलाई नेकपा निकट विद्यार्थीको कालोमोसो

बिआरटीनेपाल २०७५ फागुन ८ गते ८:५० मा प्रकाशित

यौन दुव्र्यबहारको आरोपमा त्रिभुवन विश्वविद्यालयका सहायक डिन बउवालाल साहमाथि कालोमोसो दलिएको छ । बुधवार नेकपा निकट विद्यार्थीले कालोमोसो दलेको हो । त्रिवि शिक्षाशास्त्रका सहायक डिन साहले ट्रान्सकिप्ट बनाउन आएकी एक युवतीलाई जबरजस्ती यौन दुराचार गर्न खोजेको आरोप विद्यार्थी संगठनले लगाएका छन ।

अनेरास्ववियु क्रान्तिकारीका त्रिवि संयोजक राजकुमार लिम्बुले आफन्तको ट्रान्सक्रिप्ट बनाउन आएकी एक महिलामाथि हातपात गर्न खोजेको बताउनुभयो । कालोमोसो दल्ने काममा अनेरास्ववियुका विद्यार्थीको समेत सहभागिता थियो । सहायक डिन साहलाई विश्वविद्यालयको हाताबाट निकालेर प्रशासनमा लगी कालोमोसो दलिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू