अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 23:43

राससलाई सञ्चारमन्त्रीको सुझाव – सरकारको मात्रै होइन, आम चासोका समाचार दिनुस्

बिआरटीनेपाल २०७५ फागुन ७ गते ८:४८ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बदलिँदो समयअनुसार राष्ट्रिय दायित्व र आवश्यकतालाई ख्याल गरेर राष्ट्रिय समाचार समिति ले आफ्नो सेवालाई थप परिस्कृत बनाउनुपर्ने बताउनुभएको छ । राससको ५८ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले समाचार उत्पादन, प्रसारण र वितरणमा अग्रणी संस्थाको रुपमा राससले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

नेपाली जनताको चाहना, भावनालाई सम्बोधन गर्दै ग्रामीण दूरदराज तथा पछाडि पारिएका क्षेत्रको समाचार सङ्कलन गरी राज्यको मूल प्रवाहमा ल्याउने दायित्व राससको भएको मन्त्री बाँस्कोटाको भनाई थियो । मन्त्री बाँस्कोटाले वास्तविक रुपमा पत्रकारिता गर्न आग्रह गर्दै समृद्धिका लागि वास्तविक सूचना र सञ्चारको पहुँच स्थापित गर्ने दायित्वलाई आत्मसात् गर्नसमेत राससलाई सुझाव दिनुभयो ।

राससका अध्यक्ष श्यामल अधिकारीले राससलाई उन्तत समाचारको मिलका रुपमा विकास गर्न आफूहरु हरदम प्रयासरत रहेको बताउनुभयो । संस्थालाई व्यावसायिक बनाउने दायित्व र कर्तव्यलाई आत्मसात् गर्दै अगाडि बढिरहेको उल्लेख गर्दै अध्यक्ष अधिकारीले प्राविधिक रुपमा भएका कमी कमजोरीलाई समेत आगामी दिनमा सुधार गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू