अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४२ | Colorodo: 00:57

बौद्ध धर्मावलम्बीले ‘आयु संस्कार परित्याग दिवस’ मनाउँदै

बिआरटीनेपाल २०७५ फागुन ७ गते ८:४१ मा प्रकाशित

विश्वभरका बौद्ध धर्मावलम्बीहरुले मंगलबार २५६३ औं ‘आयु संस्कार परित्याग दिवस’ मनाएका छन् । सिपुन्हि (माघ पूर्णिमा)का दिन भगवान् गौतमबुद्धबाट चापाल चैत्यमा तीन महिनापछि वैशाख पूर्णिमाका दिन आफ्नो नश्वर भौतिक शरीर परित्याग गरी महापरिनिर्वाण प्राप्त गर्ने घोषणा गरेको सम्झनामा यो दिवस मनाइन्छ ।

भगवान् बुद्धले महापरिनिर्वाण प्राप्त गरेको ठाउँ भारतको कुसीनगरमा विशेषरुपमा यो दिवस मनाइन्छ । भगवान् बुद्धका सौतेनी आमा महाप्रजापति गौतमीसहित अन्य हजारौं महिलाहरुले बौद्ध शासन ग्रहण गरेको र महाप्रजापतिले परिनिर्वाण प्राप्त गरेको सम्झनामासमेत यो दिवस मनाइन्छ ।

यसैबीच, बुद्ध जन्मस्थल लुम्बिनी, उपत्यकाको चारुमति विहार, खास्ति, स्वयम्भूलगायतका विभिन्न विहार र गुम्बाहरुमा पञ्चशील, अष्टशील ग्रहण र परित्राण पाठ गरी बुद्धपूजासमेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू