अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१३ | Colorodo: 19:28

युरोपीयन युनियनको सन्देश – नेपाललाई तत्काल कालोसूचीबाट हटाउन सकिन्न

बिआरटीनेपाल २०७५ फागुन ३ गते ८:४२ मा प्रकाशित

युरोपले कालोसूचीमा रहेको नेपालको उड्डयन क्षेत्रलाई तत्काल हटाउने वातावरण नबनेको सन्देश दिएको छ । नेपाल स्थित युरोपेली मुलुकका राजदुतहरुले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँगको भेटमा उसले नेपालले युरोपको सेफ्टी गुणस्तर पुरा नगरेको बताएको हो । उक्त भेटमा मन्त्री रवीन्द्र अधिकारीले नेपालले अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठनको सेफ्टी मापदण्ड पुरा गरेपनि युरोपले नहटाएको भन्दै हटाउन पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

युरोपीयन कमिसनको सेफ्टी मापदण्ड पुरा गर्नका लागि विगतमा दिएका सुझावअनुसार नै नेपालले सुधार गर्दै गएको भन्दै सन् २०२० मा मनाउन लागिएको भिजिट नेपाललाई सहयोग र्पुयाउन कालोसूचीबाट हटाइदिन नेपाली पक्षले आग्रह गरेको थियो । युरोपेली राजदुतहरुले भने नेपालले सुधार गरेपनि पर्याप्त नगरेको र यत्तिकै आधारमा युरोपेली आकाश खुल्ला नहुने प्रष्ट पारेका थिए । उनीहरुले गएको असोजमै नेपालले सुधरा गर्नुपर्ने १८ बुँदे सुझाव दिएको र त्यसको कुनै प्रगति नभएकोले तत्काल एसिसमेन्टका लागि युरोपेली प्राविधिक टोली नेपाल आउनसक्ने वातावरण पनि नबनेको बताएका हुन् ।

नागरिक उड्डयन प्राधिकरणले भने उनीहरुको सुझावअनुसार २ जना फ्रान्सेली परामर्शदाता राखेरै सुधारका काम गरिरहेको बताएको छ । उक्त छलफलमा प्राधिकरणका अधिकारीहरुले सो बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू