अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 06:27

कम्युनिस्टलाई सरकारबाट हटाउँछौ– कांग्रेस सभापति देउवा

बिआरटीनेपाल २०७५ माघ १२ गते ८:१९ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले कम्युनिस्टलाई सरकारबाट हटाएरै छाड्ने दाबी गर्नुभएको छ । शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ ग्वालटारमा योद्वा बाबुराम बरालको सालिक अनावरण गर्ने क्रममा सभापति देउवाले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा सभापति देउवाले राणा, पञ्चायत र राजा सबैलाई कांग्रेसले नै हटाएको र अब कम्युनिस्टलाई पनि सरकारबाट हटाउने दाबी गर्नुभयो । सभापति देउवाले भन्नुभयो– “राणा, पंचायत र राजालाई सत्ताबाट हटाएको नेपाली कांग्रेसले नै हो अब कम्युनिष्ट सरकारलाई हटाउने पालो आएको छ र हामी त्यो छिट्टै पूरा गर्नेछौँ ।”

शुक्रबार प्रतिपक्षीलाई पेलेरै संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास गरेर वर्तमान कम्युनिष्ट सरकारले अधिनायकवाद लाद्न थालेको देउवाको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू