अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

आयुष्मान र शिल्पाको ‘सानो मन’ मुहूर्त

बिआरटीनेपाल २०७५ माघ १० गते ९:०० मा प्रकाशित

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको लिड अभिनय रहने फिल्म ‘सानो मन’ को शुभ मुहूर्त गरिएको छ । केही दिन अगाडि राजधानीमा एक कार्यक्रमका बिच घोषणा गरिएको फिल्मको बिहीबार काठमाडौँको कमलादी स्थित गणेश स्थान मन्दिरमा मुहूर्त गरिएको हो ।

मुहूर्तसँगै फिल्मको छायाङ्कन पनि सुरु भएको छ । काठमाडौँ, भैरहवा, हङकङ र मकाउमा छायाङ्कन हुने फिल्ममा हङकङ निवासी सुयोग गुरुङको एक्सन-कट रहनेछ । म्युजिकल लभ स्टोरी जनरामा निर्माण हुने फिल्ममा आयुष्मानले निर्वाण र शिल्पाले सानियाको भूमिका निभाउनेछन् ।

फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । फिल्म ओ.पी.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ । गौरी मल्ल, विशाल पहाडी, शिशिर वाङदेल, रश्मि भट्टलगायतका कलाकारहरूको पनि यसमा अभिनय रहनेछ । आलोक शुक्लाले फिल्म खिच्नेछन् ।

समीर सुनुवार र निर्देशक गुरुङको लेखनमा फिल्म बन्न लागेको हो । फिल्ममा साजन सिंहको कोरियोग्राफी रहनेछ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ‘पर्सनल ट्रेनर’ हुन् । फिल्ममा सुयोग सोताङको सङ्गीत रहनेछ । निर्देशक गुरुङ ‘सानो मन’लाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् ।

प्रतिक्रिया