अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०९ | Colorodo: 10:24

सरकारविरुद्ध नेविसंघको प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

बिआरटीनेपाल २०७५ माघ ९ गते ८:२६ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध नाराबाजी लगाउँदै बुधबार पनि काठमाडौंमा प्रर्दशन गरेको छ । निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकेको, वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गराउन खोजेको तथा जिपी कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खारेज गर्न खोजेको भन्दै नेविसंघले बुधबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध चर्का नाराबाजीसहित विरोध प्रर्दशन गरेको हो ।

पटक–पटक आग्रह गर्दा पनि सरकारले आफूहरुको माग सुनुवाइ नगरेपछि सडक संघर्षमार्फत् सरकारलाई दबाब दिन सुरु गरिएको नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिनुभयो । प्रर्दशनमा नेविसंघका नेता, कार्यकर्ताहरुले मंगलबार नयाँ बानेश्वरमा आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोश पनि व्यक्त गरेका थिए । नेविसंघले आफूहरुको मागलाई सम्बोधन गराउन सरकारलाई सडक आन्दोलनबाटै बाध्य बनाउने चेतावनी पनि दिएको छ ।

गोविन्द केसीसँग गरिएको सहमति कार्यान्वयन गर्न पछि हटेको आरोप लगाउँदै नेविसंघले सो सहमति अक्षरशः पालना गर्न पनि सरकारलाई मंगलबारबाट पुनः दवाव दिन सडक संघर्ष सुरु गरेको हो । प्रर्दशनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा पनि माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू