अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५९ | Colorodo: 15:14

प्रेस स्वतन्त्रतामाथि सरकारको आक्रमण– सभापति देउवा

बिआरटीनेपाल २०७५ माघ ७ गते ८:३० मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बर्तमान सरकार प्रेस स्वतन्त्रतामाथिको आक्रमण र हस्तक्षेपमा उत्रिएको आरोप लगाउनुभएको छ । सोमबार नेपाल प्रेस युनियन लमजुङको छैटौं अधिवेशनको बेसीशहरमा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले अहिलेको सरकार प्रजातन्त्रबिरोधी काम गरिरहेको बताउनुभयो ।

“कांग्रेस नेतृत्वमा सरकार नहुँदा मुलुकमा हत्या, हिंसा र बलात्कार लगायत घटनाहरु बढ्न थाल्यो” देउवाले भन्नुभयो– “प्रेस स्वतन्त्रतामा सरकारले अंकुश लगाउँदा जनताले सुरक्षाको अनुभूति गर्न पाएका छैनन्। ” हत्या र बलत्कारीलाई सरकारले संरक्षण दिएको आरोप समेत देउवाले लगाउनुभयो ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउने दायित्वबाट वर्तमान सरकार दिनुहुँ चुकिरहेको आरोप लगाउनुभयो । कांग्रेस केन्द्रीय सदस्य दिलबहादुर घर्तिले सरकारले आफ्ना कमजोरी नसुधार्ने हो भने हो जनता आन्दोलनमा जानुको विकल्प नभएको बताउनुभयो । प्रेस युनियन लमजुङको छैटौं अधिवेशनबाट ऋषि अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

प्रतिक्रिया