अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४९ | Colorodo: 09:04

फ्रान्सका लागि अधिकारी र थाइल्याण्डका लागि ढकाललाई सर्वसम्मत रूपमा राजदूतको नाम अनुमोदन

बिआरटीनेपाल २०७५ माघ ३ गते ९:५० मा प्रकाशित

काठमाडौँ, प्रतिनिधिसभा, संसदीय सुनुवाइ समितिले दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा आज यहाँ बसेको समितिको बैठकले प्रस्तावित राजदूत फ्रान्सका लागि दीपक अधिकारी र थाइल्याण्डका लागि गणेशप्रसाद ढकाललाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । प्रस्तावित राजदूतद्वय अधिकारी र ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव हुनुहुन्छ । बैठकमा प्रस्तावित राजदूतद्वयले ती देशमा राजदूत भएर गएपछि आफूले सम्पादन गर्ने आआफ्ना कार्य योजना प्रस्तुत गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाल’ बनाउने सरकारको प्रमुख लक्ष्य हासिल गर्न सहयोग गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

समितिका सदस्य सुरेन्द्रप्रसाद पाण्डे, जीतेन्द्रनारायण देव, पूर्णकुमारी सुवेदी, भीमसेनदास प्रधान, शिवकुमार मण्डल र पार्वत गुरुङले आर्थिक कूटनीतिमा ध्यान दिई नेपालमा थाइल्याण्ड र फ्रान्सको थप लगानी ल्याउनका लागि पहल गर्न प्रस्तावित राजदूतद्वयलाई सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू