अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

अनशनरत डा. केसीको स्वास्थ्यमा समस्या, अनशनको विरोधमा पनि अनशन

बिआरटीनेपाल २०७५ पुष २७ गते ८:५१ मा प्रकाशित

चिकित्सा शिक्षा सुधारको माग गर्दै १६औँ चरणको सत्याग्रहमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्थामा समस्या देखिन थालेको छ । सत्याग्रह थालेको तेस्रो दिन डा. केसीको रक्तचाप कम हुँदै गएको र छातीमा समस्या देखिन थालेको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन् । शरीरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालका चिकित्सकले उहाँको स्वास्थ्य परीक्षण गरेका छन्।

बुधबारदेखि इलामको फूलगाछीस्थित सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय रहेको घरमा केसीले आफ्ना समर्थकको उपस्थितिमा सत्याग्रह सुरु गर्नुभएको हो । डा. केसीले सुगरको परीक्षण गर्न पनि मान्नुभएको छैन । डा. केसीको सर्मथकमा पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष लवदेव ढुंगानाले उहाँकै अनशनस्थलमा ७२ घण्टे भोकहडताल थाल्ने बताईएको छ । भोक हडताल कहिलबाट बस्ने भन्ने मिति भने उहाँले खुलाउनु भएको छैन । यता इलाममै डा. केसीको अनसनको विरोधमा काठमाडौंबाट ईलाम पगेका विजय थापाले भने अर्को अनशन थाल्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू