अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२७ | Colorodo: 18:42

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त

बिआरटीनेपाल २०७५ पुष २३ गते १८:५४ मा प्रकाशित

सरकारले विवादमा परेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शेर्पालाई राजदूतबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

शेर्पाविरुद्ध मानव बेचबिखनको आरोप लागेको छ । उनकै पूर्वचालक वाङ्छु शेर्पाले लक्कीलाई मानव बेचबिखनको आरोप लगाएपछि विवादमा परेकी उनलाई केही समयअघि परराष्ट्र मन्त्रालयमा बोलाएर सोधपुछ गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू