अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

दीपक मनाङेलाई गण्डकी प्रदेशसभामा प्रवेश रोक !

बिआरटीनेपाल २०७५ पुष २२ गते ७:५४ मा प्रकाशित

मनाङबाट प्रदेशसभामा निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङलाई प्रदेशसभाभित्र छिर्न रोक लगाइएको छ । सभामुख नेत्रनाथ अधिकारीले गुरुङलाई शपथ गराउन नमिल्ने बताएसंगै प्रदेशसभा प्रवेशमा रोक लगाईएको हो ।

सोमबारदेखि शुरु हुने हिउँदे अधिवेशनको कार्यसूचि तयार पार्न बसेको कार्य व्यवस्था परामर्श समितिका सभापतिसमेत रहनु भएका सभामुख अधिकारीले राजीवलाई सपथ नराउने निर्णय गरिएको जानकारी दिनुभयो ।

राजीवलाई शपथ खुवाउने–नखुवाउने विषयमा सांसदहरुले फरकफरक मत राख्दै आएका छन् । सभामुख अधिकारीले शपथबारे छलफल गर्न परामर्श समितिको बैठक बोलाउनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू