अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३९ | Colorodo: 04:54

गरुड पुराणमा कर्माको तन्नेरी र बुढा भूमिका

बिआरटीनेपाल २०७५ पुष २१ गते १४:३७ मा प्रकाशित

काठमाडौँ, आगामी ४ माघमा देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘गरुड पुराण’मा अभिनेता कर्मा शाक्यलाई दुई फरक भूमिकामा हेर्न पाइने भएको छ । नायकको रूपमा युवा भूमिका निर्वाह गरेका उनी पौढ भूमिका पनि यो फिल्ममा भएको निर्माण पक्षले खुलासा गरेको छ । 

शनिवार निर्माण पक्षले यो फिल्मको केही तस्बिर सार्वजनिक गर्दै फिल्ममा कर्मा दुई फरक भूमिकामा रहेको जानकारी गराएको हो ।

यो चलचित्रका निर्देशक सुवास कोइरालाका अनुसार गरुड पुराणमा कर्मा २५ वर्षीय तन्नेरी भूमिकामा छन् । यो भूमिका अनुसार उनी प्रेमीको भूमिकामा छन् । यिनै कर्माले यो फिल्ममा ६० वर्षको भूमिका पनि निर्वाह गरेका छन् । तर यो पौढ भूमिकाको बारेमा उनले खुलासा गरेका छैनन् । निर्देशक कोइरालाले यसबारे प्रकाश पारेका हुन् । सिनेमामा यो भूमिका निर्वाह गर्न उनलाई निकै गाह्रो परेको थियो । तर दुवै भूमिकामा न्याय गरेको सुवासले बताएका छन् ।

कर्माको दोहोरो भूमिका बारे कोइरालाले भने,‘उनको युवा भूमिका मुख्य हो भने पौढ भूमिका सहायक हो । तर युवा भूमिका निर्वाह गर्न जति सजिलो थियो पौढ भूमिका त्यत्तिकै चुनौतीपूण भए पनि दुवै भूमिकालाई कर्माले सफल बनाएका छन् । ’

सुवास कोइरालाले निर्देशन गरेको गरुड पुरुण हास्य प्रधान चलचित्र हो । चलचित्रमा कर्मासँगै नाजिर हुसेन, प्रवीण खतिवडा, कामेश्वर चौरसिया, लुनिभा तुलाधर, प्रियङ्का सिंह, कमल देवकोटासहितको अभिनय छ ।

आकाश बराल, विनोद खतिवडा र सुवासले लेखेको यो फिल्मको कथा कसम नेपालले तयार गरेका हुन् । फिल्ममा निर्माताको रूपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् ।

यो चलचित्रमा सुसन प्रजापतिको छायाङ्कन, कोसिस क्षेत्रीको सङ्गीत, उज्ज्वल ढकालको सम्पादन रहेको छ ।

प्रतिक्रिया