अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२० | Colorodo: 10:35

वाइडबडी प्रकरणमा हाम्रो पार्टीले कसैलाई जोगाउँदैन, दोषीलाई कारबाही हुनुपर्छ – सांसद भट्टराई

बिआरटीनेपाल २०७५ पुष २१ गते ८:३२ मा प्रकाशित

संसदको सार्वजनिक लेखा समितिका सदस्यहरुले एक स्वरमा वाइडबडी खरिद प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गरिनुपर्ने स्पष्ट पारेका छन् । उनीहरुले यो प्रकरणमा दोषी देखिने कसैलाई पनि उन्मुक्ति दिन नहुने धारणा राखेका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै लेखा समितिका सदस्य एवम् नेकपाका सांसद विशाल भट्टराईले वाईडबडी खरिद प्रकरण नेपालको इतिहासमा कलंक भएको टिप्पणी गर्नुभयो । उहाँले आफूहरुले कसैलाई पनि नजोगाउने स्पष्ट पार्नुभयो ।

आफ्नो पार्टीले कसैलाई पनि जोगाउने वा बचाउने काम नगर्ने भट्टराईको भनाई थियो । यद्यपी उहाँले लेखा समितिद्धारा गठित छानबिन उपसमितिको प्रतिवेदन संशोधनसहित आउनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै उहाँले यो प्रकरणका सबैभन्दा ठूला डिजाईनर वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार भएको पनि आरोप लगाउनुभयो । उपसमितिको प्रतिवेदनलाई अंकुश लगाउनको लागि वा लेखा समितिको समानन्तर समितिको रुपमा सरकारले उच्चस्तरीय छानबिन न्यायिक समिति गठन नगरेको पनि नेता भट्टराईले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू