अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

नेपाल एयरलाइन्सका महाप्रबन्धक कंसाकारलाई कार्यकक्षमै कालोमोसो दलियो ,५ लाख माग्दा नदिएपछि कालोमासो दलेको आरोप

बिआरटीनेपाल २०७५ पुष २० गते ५:१२ मा प्रकाशित

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का महाप्रबन्ध सुगतरत्न कंसाकारलाई कार्यकक्षमै कालोमोसो दलिएको छ । वाइड वडी खरिदमा अनियमितता गरेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले शुक्रवार अपरान्ह कंसाकारलाई उहाँकै कार्यकक्षमा कालोमोसो दलेको हो ।

वैद्य माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगसँग आबद्ध युवाहरु दिउँसो ४ बजेतिर कंसाकारको कार्यकक्षमा पसेर कालोमोसो दलेका थिए । पार्टीको केन्द्रीय नीति अनुरुप स्थानीयस्तरमा भ्रष्टाचारीलाई कारवाही गर्ने कार्यक्रम अनुरुप कंशाकारलाई कालोमोसो दलिएको संगठनले जनाएको छ ।

वाइड बडीमा ४ अर्ब अनियमितता भएको भन्दै संसदीय उपसमितिले विहीवार प्रतिवेदन सार्वजनिक गरी वहालवाला मन्त्रीसहित संलग्न सबैलाई कारवाहीको सिफारिस गरेको थियो ।

यसैवीच, कंसाकारले आफुसंग नेकपा बैद्य समुहका कार्यकर्ताले आफूलाई कालोमोसो दलेको स्वीकार गर्नुभएको छ । शुक्रबार अपरान्ह ४ बजे मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का कार्यकर्ताले आफुसंग ५ लाख नजगद मागेको र उक्त परिमाणको रकम नदिंदा कालोमोसो दलेको कंसाकारले बताउनुभयो । वैद्य समूहका दुईजना कार्यकर्ताले कार्यालयभित्रै आफुलाई कालोमोसो दलेको उहााको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू