अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०६ | Colorodo: 02:21

सरकार आलोचित- मन्त्री महासेठ

बिआरटीनेपाल २०७५ पुष १५ गते ८:४८ मा प्रकाशित

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले सडक निर्माणले तिव्रता लिन नसक्दा सरकार आलोचित बन्नु परेको स्वीकार गर्नुभएको छ ।

सडक बोर्ड नेपालको १६ औं वार्षिकोत्सवको आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले धेरै कानुनी जटिलता सुुल्झाउन सरकार व्यस्त रहेकाले कानुन निर्माणको काम सकिएपछि सडक निर्माणले गति लिने बताउनुभयो ।

मन्त्री महासेठले आफ्ना योजनाहरु पेश गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै सडक निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन तयार रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू