अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

सौराहमा भोलिबाट हात्ती महोत्सव

बिआरटीनेपाल २०७५ पुष १० गते ८:५४ मा प्रकाशित

सौराहमा बुधबारबाट हात्ती महोत्सव शुरु हुँदैछ । १५ औ हात्ती महोत्सव क्षेत्रीय होटल संघले गर्न लागेको हो । महोत्सव बाघमारा चौरमा हुने संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो । उहाँले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै हात्तीको संरक्षण लागि महोत्सव आयोजना गरिएको बताउनु भयो ।

अध्यक्ष घिमिरेका अनुसार महोत्सवमा सहभागी हुने हात्तीलाई तालिम दिइसकेको छ । महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती छिटो हिँड्ने प्रतियोगिता, हात्तीको छावाको रोचक फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती शृङ्गार प्रतियोगिता तथा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम गरिनेछ ।

महोत्सवका क्रममा साहित्य र पर्यटन विषयक विशेष कार्यक्रम आयोजना गरिनेछ । स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा महोत्सव हुन लागेको हो । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा हात्ती महोत्सवको आयोजना गरेसँगै स्वदेशी र विदेशी पर्यटकले होटल बुक गरिसकेका छन् ।

प्रतिक्रिया