अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२ | Colorodo: 05:47

गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त

बिआरटीनेपाल २०७५ पुष ६ गते ९:०९ मा प्रकाशित

गुण्डा नाइके तथा प्रदेश सभा सदस्य दीपक मनाङ्गे थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको हो । आदेशसँगै गुरुङ डिल्लीबजार कारागारबाट थुनामुक्त हुने भएका छन् । ज्यान मार्ने उद्योगमा कसुरदार ठहर भएका मनाङ्गे गत वर्षको माघदेखि डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका थिए ।

दीपक मनाङ्गे उर्फ राजीव गुरुङको गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङ्गे समूहले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको थियो । अदालतबाट दोषी ठहर भइसकेका व्यक्ति प्रदेशसभा सदस्य बन्न नसक्ने कानुनी व्यवस्थाअनुसार उनले सपथ लिन भने पाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू