अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

दाङमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा २० जनाको मृत्यु , १० जना घाईते

बिआरटीनेपाल २०७५ पुष ६ गते ८:५२ मा प्रकाशित

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । शुक्रवार साँझ ३१ जना यात्रु सवार सहीद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर ३ राम्रीमा दुर्घटना भएको हो । कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सड्क बाट ७ सय मिटर तल खसेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीका अनुसार बस राम्रीको बाटोबाट खोल्सामा खस्दा दुर्घटना भएको थियो । शाहीका अनुसार दुर्घटनामा घाईते १० जनाको उद्धार गरी उपचारका लागि राप्ती अञ्चल अस्पताल पठाइएको छ । घटनास्थलमा दाङ र सल्यानको प्रहरी तथा स्थानीय उद्धारमा लागि खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू