अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

पुर्व प्रधानमन्त्री डा. गिरीको राजकीय सम्मानबिनै अन्तिम संस्कार

बिआरटीनेपाल २०७५ पुष ४ गते ४:४३ मा प्रकाशित

पूर्वप्रधानमन्त्री तथा वरिष्ठ राजनीतिज्ञ डा तुलसी गिरीको आज अन्तिम संस्कार गरिएको छ । बुधबार पशुपतिस्थित विद्युतिय शवदाह गृहमा गिरीको अन्तिम संस्कार गरिएको हो । पारिवारकै चाहना अनुसार सरकारले भीआईपीलाई दिइने राजकीय सम्मान प्रदान गरेन । गिरीले मृत्युअघि सामान्य नागरिक सरह आफ्नो अन्तिम संस्कार गर्न इच्छा जाहेर गरेकाले सोही अनुसार अन्तिम संस्कार गरिएको हो । उहाँको अन्तिम संकारका लागि पशुपति क्षेत्र विकास कोषको विद्युतीय शवदाह गृहलाई रु ४ हजार तिरिएको बताइएको छ ।

गिरीको मंगलबार कलेजोसम्बन्धी रोगका कारण ९३ वर्षको उमेरमा निधन भएको थियो । उहाँको निधनपछि विभिन्न राजनीतिक दलका नेता तथा सुभेच्छुक अन्तिम श्रद्धाञ्जली दिनका लागि बूढानीलकण्ठस्थित निवासमा पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू