अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४३ | Colorodo: 03:58

जीवनको अन्तिम अवस्था सम्म पनि रंगकर्म मै रहन्छु: शङ्कर अधिकारी घायल

बिआरटीनेपाल २०७५ पुष ३ गते ११:०२ मा प्रकाशित

नेपाली चलचित्र लेखन तथा निर्देशन एवम सङ्गीत क्षेत्रमा सिम्पल सिम्पल कान्छीको, मेरी बास्सै जस्ता हजारौँ लोकप्रिय गीतका सर्जक तथा दजनौ चलचित्रका गीतहरूमा आफ्ना शब्द दिइसकेका सफल रंगं कर्मी हुन, शङ्कर अधिकारी घायल ।

विगत २ दशक देखी नेपाली कलाकारिता क्षेत्रमा नयाँ जोस र जाँगरका साथ आएका उनी मनमा आँट र काममा लगनशीलता भएको खण्डमा सबैले जुनसुकै क्षेत्रमा अब्बल स्थानमा पुग्न सकिने बताउँछन् ।

समाजको परिवर्तन गर्न मुख्य भूमिका र समाजको ऐना बन्ने माध्यम चलचित्र भएकाले पनि आफूले यस क्षेत्रमा निरन्तर रूपमा लागेको उनले बताए । गीत लेख्दा लेख्दै उनमा चलचित्र लेखनमा पाइला सारेका घायल ले पहिलो चलचित्र “ लभ इज लाइफ”चलचित्रबाट आफ्नो रङ्गमञ्चको यात्रा तय गरे । तामाङ भाषा को जाथेवा,भोजपुरी मा इ कैसन बौछार लेखे गोरे मुभी लेखे सँगै ऊनमालाई चलचित्रको निर्देशनको मोहले तान्यो र त्यसमा पाइला अगाडि बढाए, कस्मिक लभ मुभी मा संयुक्त रूपमा निर्देशन गरे पछि एकल निर्देशनमा मदहोश चलचित्रको निर्देशन गरे । उनै सफल गीतकार तथा चलचित्र निर्देशक शङ्कर अधिकारी घायलसँग सहकर्मी साथी रोशन पोखरेलले गर्नुभएको अन्तरङ्ग कुराकानी प्रकाशन गरेका छौँ ।

आजकाल के गदै हुनुहुन्छ ?
म आज भोलि मेरो नयाँ चलचित्र ” मदहोश“ को पोस्ट प्रोडक्सनको काममा नै लागी रहेको । जुन चलचित्र लार्ई सर्वोकृष्ट बनाउनको लागी निरन्तर लागी परेको छु । साथमा विभिन्न म्युजिक भिडियोको डाइरेक्सनको काममा पनि व्यस्त रहेको छु ।

कलाकारितामा धेरै क्षेत्रहरू छन् तर पनि तपाईँ निर्देशनमा नै चैँ कसरी प्रवेश गनुभयो नि ?
म सानै उमेरदेखि अलिक भिन्न काम गर्न मन पराउने मान्छे , समाजका विभिन्न घटनाक्रमलाई समेटेर कथा लेख्ने र त्यसलाई कसरी अन्य मानिस समक्ष पुयाएर आफ्नो कला देखाउन सकिन्छ भन्ने मनो भावना बाल्यकल देखी रहेको थियो । त्यसपछि मैले पहिलो पटक पहिलो चलचित्र “ लभ इज लाइफ”चलचित्रबाट आफ्नो रङ्गमञ्चको यात्रा सुरु गरे जुन चलचित्रको कारणबाट आज सम्म पनि यो क्षेत्रमा स्थापित भएको छु ।

खासमा चलचित्र क्षेत्रमा अनुभवी र दक्ष निर्देशक कम भई रहेको अवस्थामा यस कर्म प्रति तपाईँको निर्देशन यात्रा कसरी सुरु भयो ?
अनुभवी चलचित्र निर्देशक तथा गीतकारको अभाव पक्कै पनि रहेको छ । मैले जुन समयमा यस क्षेत्रमा आफ्नो पाइला अगाडि बढाए पक्कै पनि त्यो समयमा निकै ग्राहो रहेको थियो । विश्वासको वातावरण बनाउन सहज थिएन । तर निरन्तरको प्रयास , सहकर्मी साथीहरूको भूमिका आम दर्शक तथा श्रोताको माया र स्नेहको कारणबाट नै मलाई यसमा स्थापित बनायो ।

आफूले गरेको काम बाट कतिको सन्तुष्ट रहनुभएको छ ?
म पूर्ण रूपमा सन्तुष्ट रहेको छु । जुन कामबाट आज मैले एउटा सफल काम गर्ने वातावरण सिर्जना पाएको छु , अग्रज निर्देशक , रङ्गकर्मी कलाकार गायक गायिका , सहकर्मी साथीहरूको प्रेरणा होैसला र मार्ग्निर्देशन पाएको छु , जुन कुरामा मेरो परिवारको सदस्यको पूर्ण साथ र सहयोग रहेको छ ।

समाजले तपाईँलाई हेर्ने दृष्टिकोणमा के फरक पाउनुभएको छ ?
यसरी निर्देशन क्षेत्रमा अगाडि बढिरहेको अवस्थामा समाजले आफूप्रति हेर्ने दृष्टिकोणमा फरक पाएको छु, आफ्नो रचनालाई मन पराएर आफ्नो बारेमा बनेको सकारात्मक दृष्टिकोण बाट र आफूले गरेको कामबाट समाजका गतिविधिमा परेको छाप र गीत सङ्गीतको क्षेत्रमा रहनुभएका अग्रज सष्टा तथा सहकर्मी सबैले प्रशंसा गर्दा खुसी लाग्छ ।

चलचित्र क्षेत्रको श्रीबिध्दिको लागि राज्यले कलाकारको लागी कस्तो भूमिका निर्वाह गर्नु पर्छ ?
हेर्नुस् सर्वप्रथम त हामी आफूमा सक्षम हुन पर्छ, आफूमा एक जुट हुन पर्छ । कलाकारिताको सम्पूर्ण बिदालाई एकै ठाउँमा समेटेर सबैलाई सेन्सर लगाएर पास गराउन पर्छ, विकृत पक्षलाई कारबाही गर्न हिच्किचाउनु हुँदैन । गलत कुरालाई गलत भनेर सरकारले उचित कानुनी निर्णय गर्नुपर्छ ।

मिडियाको भूमिकाहरू कस्तो हुनु पर्दछ ?
मिडिया भनेको राज्यको चौथो अङ्ग हो, मिडियालाई लाखौँ दर्शक श्रोताले विश्वास गर्छन्, तसर्थ हाम्रालाइ होइन राम्रालाइ मात्र स्थान दिने गर्नु पर्छ, अनि नराम्रा पक्षहरू आफै विलीन हुनेछन् । त्यस कारण तपाइहरूलाई जस्तो कला र मनोरञ्जनमा क्रियाशील भएका सेलिब्रेटिका सकारात्मक गतिविधिलाई श्रोता माझमा पुयाएर अगाडि बढ्नको लागी प्रेरणा दिनुभएको छ र्हाैसला दिनुभएको छ जुन कार्य प्रंसनिय रहेको छ ।

भाग्य र कर्ममा विश्वास बढी कुन गर्नुहुन्छ ?
म दुवैलाई उत्तिकै विश्वास गर्छु, कर्म गरे भाग्य ढिलो चाँडो अवश्य बन्नेछ । भन्ने विचार म मा रहेको छ ।

अन्तमा हाम्रा पाठकहरूलाई छुटेका कुरा केही भन्न चाहनु हुन्छ ?
तपाईँहरूको आत्मीय साथ र सहयोगको लागी धेरै धेरै धन्यवाद दिन चाहन्छु , मलाई सम्पूर्ण मेरा पाठक , श्रोता , सहकर्मी साथी साथै तपाईँहरूको यो मिडियाको अझ प्रगति को लागी शुभकामना दिन चाहन्छु । नेपाली गीत सङ्गीत र चलचित्र लाई माया गर्नुहोला र कला क्षेत्रमा प्रवेश गरेर पनि सक्रिय रहनुभएका सबै कलाकारलाई सम्मान गर्नुहोला भन्न चाहन्छु । धन्यवाद हामीलाई महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा । रोशन जी तपाईँ लगायत मिडियालाई पनि धेरै धेरै आभार प्रकट गर्दछु, मेरो मनको तिता मिठा गन्थनको पोको फुकाउने मौका दिनु भएकोमा, यो अवसरको लागी र मलाई आफ्ना मनभित्र गुम्सिएर रहेका तिता मिठा कुराहरूलाई तपाईँको लोकप्रिय अनलाइन मार्फत व्यक्त गर्नुभएकोमा आभारी छु ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू